कविता, निरन्तर यात्रा : By, कल्पना पौडेल "जिज्ञासु"



कविता : निरन्तर यात्रा

तिमी आफ्नो लक्षमा पुग्न
चाहन्छौ भने निरन्तर हिड्दै
जाउ चाहे बाटो भरि धारिला
तरवारहरुनै किन
बिछाइएका
नहुन

घाउको कुनै प्रबाह नगरी
एक दृढ विश्वासका साथ
लामो यात्रामा हिडी राख
यस्तो सुन्दर संसारको
कल्पना
गर

जहा कुनै जातीय भेदभाव
नहोस बर्ग संघर्ष रहित
व्यवस्था
होस्

योग्यता अनुसारको काम
अनि काम अनुसारको दाम
सबैलाई समान रुपमा खान
लाउन पुगोस

यात्रा जती सुकै कठिन भएता
पनि पनि यिनै सपना बोकेर
सबै श्रमजीवीहरु हातेमालो
गर्दै अगाडि बढ्दै जाउ

गन्तब्यमा
पुग्न नपाउदै बाटोमै
दुस्मनका ति सैतानहरुले
तिमीलाई चारै तिर बाट धारिला अस्त्रले
प्रहार गरी तिम्रो बाटो रोक्दै यात्रालाई
असफल पार्ने
प्रयन्त
गर्न खोज्नेछन
तर

तिमि कत्तिपनि बिचलित नहुनु
सत्रुको प्रहारलाई विश्वासका साथ
परास्त गर्न सक्यौ भने पक्कै
तिमि आफ्नो गन्तब्यमा
पुग्न सफल
हुनेछौ

कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com