मेरो आस्था
पुर्णिमाको पूर्ण चाँदनी
शीत बनि
मलाइ स्पर्श दिईरहेछिन
लाग्छ ऊ पनि मेरो यादमा रोएकी हो
रोए पनि
कति उज्यालो ?
शरद ऋतुको सफा आकास ओढेर
मेरो आस्था
मलाइ अंगाल्न आउँछिन
म,रोमान्चित हुन्छु आफैंमा
कति स्वर्णिम आनन्द !?
मेरो चाहना
मेरो कामना
म धर्तीमा रहे पनि
भौतिक रुपमा
अंगाल्न नपाए पनि
मेरो आस्थाको चन्द्रमालाई
कहिल्यै बादलले नढाकोस
र,नलागोस कहिल्यै ग्रहण पनि
संधै संधै
यसरी नै हांसी रहुन ||
भौतिक रुपमा
टाढा भए पनि
मेरी चाँदनी,संधै संधै
म तिम्रो सामु आइरह्नेछु
केवल कल्पनामा
महशुसमा तिम्रो स्पर्श लिईरहनेछु
तिमि औंशी बनेर
कहिल्यै अस्ताउने छैनौ
मेरो हृदयमा
तिमि संधै संधै
हांसीरहनु है,
संधै संधै बाँचीरहनु है,
युग युगान्तर !||
बिबश पुमा (आश्विन)
लाल सागरको किनारा बाट