गजल : By, आरके थापा



हुनेलाई त यो दशैले ,हसाउँन सक्छ ।
नहुनेलाई अश्रुधारा , खसाउन सक्छ।

लिङ्गे अनि रोटे पिङ हो , खेल्नु पर्ने खेल ,
कसैलाई जुवातासमा , बसाउन सक्छ ।

खादा पिउँदा रमाइलो , हुन्छ होला भन्दा ,
साथी सँगत कुलतमा , फसाउन सक्छ।

दिन दुःखीले घाँटी हेरी , हाड निल्नु पर्छ ,
के था छर ऋणले टुप्पी , भसाउन सक्छ।

हुनेलाई त यो दशैले , हसाउन सक्छ ।
नहुनेलाई अश्रुधारा , खसाउन सक्छ।

आरके थापा
बोच दोलखा
हाल साउदी अरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com