गीत :
तन जहाँ भए पिन, यो मन त तिमीसंगै छ
यात्रा कठिन भए पनि, लष्य त तिमीसंगै छ ।
एकान्तमा मुटु दुखे पिन, तिम्रै निमित्त हाँस्ने छु
तिम्रो कसम जुनीजुनी, तिम्रै भएर बाँच्ने छु
मेराे भन्नु जिन्दगीको , घामपानी तिमीसंगै छ
यात्रा कठिन भए पिन, लष्य त तिमीसम्मै छ ।।
आजसम्म जित हिंडे, जंघार त अझै तर्नु छ
आँधिहूरी,भेलबाढी,समयसंग लड्नु छ
लडाईं हो जिन्दगि यो , हारजीत तिमीसंगै छ
यात्रा कठिन भए पिन, लक्ष्य तिमीसम्मै छ ।
राई रुमानी