कविता, '' म एक अनमोल मोती हुँ '' : By, कल्पना पौडेल "जिज्ञासु"



 कविता
'' म एक अनमोल मोती हुँ ''

दोष तिम्रो हैन

तिम्रो त्यो साँघुरो शोचको हो
जस्ले मेरो महत्वलाइ बुझ्न
सकेन

मत एक अनमोल मोती थिए
अफशोच के गर्नु तिम्रो त्यो
गरिब मनले मेरो मूल्यनै चिन्न
सकेन


तिमी सँग मलाई सुरक्षा गरी
राख्ने समझ र ज्ञानको अभाबछ
यो सत्यतालाई स्विकार तिमीले
मलाई सम्हाल्ने निपूर्णता तिमीमा
छैन


किनकी
म एक अनमोल हिरा हुँ
तिम्रो गरीब मनले चिन्न
सकेन

नत्र भने
तिम्रा ति दिनहु मौलाउदै
गएका रहरहरुलाई मेरा
पसिनाले जरा जरा भिजाइदिन्थे

तर
के गर्नु
तिमि संग मलाई सुरक्षा
गरि राख्ने समझ र ज्ञानको
अभाब रहेछ

मत हजारौ लाखौमा
एक अनमोल हिरा थिए
किनकि
मत एक
मोती हु
अमुल्य मोती

कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com