गजल : By, यात्री लिम्बु



बन्दुकको मोहरी तेर्स्याएर, स्वतन्त्रताको गर्छौ कुरा
अर्काको थालको भात खोसेर, अधिकारको गर्छौ कुरा

छिमेकीले सिमाना खाईसक्यो, टुलुटुलु बस्छौ हेरेर
सुरुवालभित्र सुसू-आची गर्दै, राष्ट्रियताको गर्छौ कुरा

अरुको सिन्को पर सार्न नि, दखिनतिर सोध्छौ गएर
हुतिहारा पानी मरुवा नाथेले, स्वाभिमानको गर्छौ कुरा

मुखमा राम बगलीमा छुरा बोकी, भाइचारा सदभाव भनेर
परिवार मिलाउन नसक्नेले, मुलुक हाँक्ने गर्छौ कुरा

राष्ट्रिय संविधान लेख्ने भन्दै, ३३ दललाई पाखा लाएर
यथार्थ अर्कै पाटोमा राखी, खोक्रो संघीयताको गर्छौ कुरा

यात्री लिम्बु
नुनढाकी ८ संखुवा सभा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com