यति माया हुन्छ भनी बताउन सकीन खै।
उन्ले जस्तो सपनीमा सताउन सकीन खै।
जवानीको रंगसंगै नसा चढ्छ भन्छन् सबै,
नजिक भै कुनै दिन मताउन सकीन खै।
साथ छोडी टाढा हुँदा भुल्ने डर हुन्छ भन्थे,
झनै बढ्यो माया बरु घटाउन सकीन खै।
झर्कीयर बोल्दाखेरी तर्कीयरै बसिरन्थ्येँ,
उन्को नाम मुटु बाट हटाउन सकीन खै।
विश्वासमा अडियर उन्कै भर परीरहेँ,
रीत्यायरै दिएँ माया खटाउन सकीन खै।
यति माया हुन्छ भनी बताउन सकीन खै।
उन्ले जस्तो सपनीमा सताउन सकीन खै।
आरके थापा बोच दोलखा
हाउ साउदी अरब