काठमाण्डौ भाद्र ३०,
ब्लड डोनर्स एशोशिएसन नेपाल (ब्लोदान) को सत्रौं बार्षिक साधारण सभा हिजो शनिवार सम्पन्न भएको छ ।
ब्लोदानको केन्द्रीय अध्यक्ष महेन्द्र विलास जोशीको सभापतित्व र लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर शम्भु प्रसाद घिमिरेको प्रमुख अतिथी रहेको सो कार्यक्रममा रगतको क्षेत्रमा योगदान पु¥याउने नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्त संचार सेवा प्रदर्शनीमार्गमा कार्यरत वरिष्ठ प्राविधिक सहायक बृजमोहन झा, फ्रेण्ड्स अफ आर एच नेगेटीभ ब्लड ग्रुपका सदस्य सुलभ गिरी, ब्लोदानका कार्यालय सचिव राजेश बोगटीलाई सम्मान गरिएको थियो । ब्लोदान अफ द ईयर २०७० बाट ब्लोदानका केन्द्रीय सदस्य विष्णुराज श्रेष्ठलाई सम्मानीत भएका छन् ।
प्रमुख अतिथि घिमिरेले नेपालमा अत्याधुनिक ब्लड बैंकको स्थापना गर्न लायन्स क्लबले सहयोग गर्ने बताए । कार्यक्रममा ब्लोदानका संस्थापक अध्यक्ष शरद कसी, लायन्स क्लबका क्याबिनेट ट्रेजरर डिष्ट्रिक्ट लायन्स अजय खनाल, ब्लोदानका वरिष्ठ सल्लाहकार भरतलाल श्रेष्ठ, नेपाल समाचारपत्रका प्रमुख कार्यकारी अधिकृत डिरेकलाल श्रेष्ठ, ब्लोदानका केन्द्रीय अध्यक्ष महेन्द्र विलास जोशी, केन्द्रीय सचिव सुर्यलाल महर्जन र केन्द्रीय सदस्य केशब महर्जनले मन्तब्य राखेका थिए ।स्वास्थ्य खबरबाट: