भर्जिनिया आश्विन १०,
बिजय थापा : गैर आवाशीय नेपाली संघको छैठौ सम्मेलन तैयारीको साथ अगाडी बढी रहेको छ । गैर आवाशीय नेपाली संघ-अन्तर राष्ट्रिय समितिको बिश्व सम्मेलनमा नया नेतृत्वको चयन हुने छ र विश्वका बिभिन्न मुलुकबाट उम्मेदवारी दिने क्रम जारी छ । यहि क्रमलाई निरन्तरता दिदै केसीले एक छापा बिज्ञप्ति जारी गर्दै आफुले सबै भन्दा पहिला एन आर एन अन्तर राष्ट्रियको लागि ''उपाधक्ष्य '' पदमा उम्मेदवारी दिएको दाबि गरेका छन् ।
गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको मे २५ र २६ तारिखमा सम्पन्न लस एन्जेलसको अधिवेसनमा आफुले उक्त उपाधक्ष्य पदमा घोषणा गरेको र एन आर एन का हस्तीहरुले समेत समर्थन गरेको बताएका छन् । आफु एन आर एन स्थापना काल देखि नै सक्रिय रहेको र बिभिन्न पदमा काम गरेको उल्लेख गर्दै आफु नेतृत्वमा हुदा जल्दो बल्दो समस्याको समाधान गर्न भूमिका निर्वाह गरेको भन्दै नेपाल र प्रवासमा साझा उदेश्यको साथ काममा लागि परेको उल्लेख गरेका छन् । आफुले दोहोरो नागरिकता ,दुई देश बीच रहेको दोहोरो कर सन्धि सम्बन्धमा सचेतना जागृत गर्ने ,अमेरिकन नेपालीहरुको लागि राजनैतिक तथा सरकारी स्तरमा सशक्तिकरण प्रबर्धन गर्ने तथा नेपालमा लगानी सम्बन्धमा एन आर एन अमेरिकाले बृहत छलफल मुद्दाहरु अगाडी सारेको चर्चा गरेका छन् ।
आफ्नो नेतृत्व कालमा बिगतका कमजोरी, तमाम बाकी रहेका कामलाई प्राथमिकताको साथ फत्ते गरेको र एन आर एन अमेरिकाको स्थिती परिवर्तन र बिश्वमा नया संदेश पुगेको दाबि गर्दै आफुले ५ महिना अगाडी नै 'अन्तर राष्ट्रियमा ''उपाधक्ष्य ''पदमा उम्मेदवारी दिएको उक्त छापा बिज्ञप्तिमा जनाएका छन् । आफुले अमेरिकामा बसोबास गर्ने प्रवाशीहरुको समस्यालाई प्रथम प्राथमिकतामा राखेको र नेपालमा एन आर एन दर्ता गराउने ,बिधान संसोधनका कुराहरु ,लगानीका सुरक्षा ,दोहोरो नागरिकताका ,पारदर्शिता,समाबेसी र समन्वय आदि ईत्यादीलाई प्राथमिकताको साथ लैजाने समेत प्रतिबद्दता रहेको उल्लेख गरेका छन् ।
एन आर एन अमेरिका थुप्रै समस्याले जकडिएको ,संस्थालाई जोगाउनु पर्ने अपरिहार्यता ,आर्थिक पारदर्शिताको सवालमा हिसाब किताब चुस्त र दुरुस्तको लागि बृहत गृहकार्य गरेको उल्लेख गरेका छन् । फु ३५ बर्ष भन्दा अगाडी देखि नै अमेरिकामा रहेको र आफ्नो ब्यबसाय मार्फत थुप्रै रोजगारी प्रदान गरेको उल्लेख गर्दै गैर आवाशीय नेपाली संघमा आफ्नो यत्रो बर्षको लगानी रहेको रहेकोले आफुले मैले अन्तरराष्ट्रियको लागि ''उपाधक्ष्य '' पदमा उम्मेदवारीको घोषणा गरेको भन्दै एन आर एन का सबै सदश्यहरुलाई उम्मेदवारीलाई समर्थन गर्नु हुन् अनुरोध गरेका छन् ।