भण्डारा आश्विन ११,
अनन्तप्रकाश सुवेदी : नेपाल जनस्वास्थ्य प्रतिष्ठानको कृषि, स्वास्थ्य तथा वातावरण परियोजना अन्तर्गत भण्डारा गाविसमा बिहिवार जागृत ताजा तरकारी तथा फलफूल सहकारीका सदस्यहरु बिच एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । गाविसका अगुवा कृषकहरु बिच गरिएको सो प्र ाथमिक अन्तक्र्रिया कार्यक्रमको प्रमुख अतिथि जिल्ला कृषि कार्यलय चितवनका वरिष्ठ वाली संरक्षण अधिकृत शिव रिजाल रहनुभएको थियो ।
आजकल खेतिवालिमा भई रहेको अत्याधिक विषादीको प्रयोगले मानव स्वास्थ्य एवं वातावरणमा परेको प्रभावलाई न्युनिकरण गर्न किसानमुखी कार्यक्रमका साथ ३ वर्षका लागि सञ्चालन गर्न लागिएको यस कार्यक्रमकालागि प्राथमिक सुझाव संकलनको लागि अन्तक्र्रिया कार्यक्रम गरिएको परियोजनाको कृषि विज्ञ सुन्दर तिवारीले बताउनुभयो । अत्याधिक विषादीको कारणले मानव स्वास्थ्यमा अल्पकालिन एवं दिर्घकालिन रुपमा पार्न सक्ने असर जस्तै टाउँको दुख्ने, आँखा फरफराउने, रिँगटा लाग्नेका साथ साथै क्यान्सर जस्तो भयावहक रोग निम्ताउने दुषित खाना नै हो भन्ने कुरामा सो कार्यक्रममा छलफल गरिएको थियो ।
उक्त कार्यक्रमका फिल्ड कोर्डिनेटर दिपक ज्ञवालीले परि योजनाको उद्देश्य एवं भावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसै गरि जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ वाली संरक्षण अधिकृत शिव रिजाल तथा कार्यक्रमका कृषि विज्ञ सुन्दर तिवारीले विषादी र यसले मानव स्वास्थ्य तथा वातावरणमा पारेको असर बारे प्रष्टाउनुभएको थियो । छलफलमा स्थानिय किसानहरुले विष प्रयोग नगरे मानिसले चामल त के गाइ भैंसिले पराल पनि नपाउने अवस्था रहेको गुनासो गरेका थिए । सो अवस्था निराकरण गर्न किसानहरु सँगै बसेर उपाय निकालिने सो भेलामा निष्कर्श निकालिएको थियो ।