मुम्बई आश्विन १०,
कुनै पनि फिल्ममा आमिर खानले खेल्नुभन्दा बढी खुसीको कुरा के हुन्छ ? पक्कै पनि एउटा फिल्ममा दुई आमिर। र, यो खुसीको खबर फिल्म 'धूम ३'ले दर्शकलाई ल्याउँदैछ।
यसमा आमिर डबल रोलमै देखिन लागेका छन्। यसअघि आमिरले 'धूम ३' मा खलपात्रको भूमिकामा अभिनय गर्ने खबर नै उनका फ्यानहरुका लागि सरप्राइज थियो।
अब यसमा आमिरलाई डबल रोल त्यो पनि जुम्ल्याहा भाइको रुपमा पोजिटिभ रोलको खबर यसपटक सार्वजनिक भएको हो। यो खबर पक्कै पनि फ्यानका लागि ठूलो सरप्राइज हुनसक्छ।
समाचार सत्य भए आफ्नो बिरामी भाइकै लागि आमिर खलचरित्रको हुन बाध्य भएको कथा फिल्ममा छ। समाचार अनुसार आमिरको डबल रोलको परिकल्पना आदित्य चोपडाले गरेका हुन्। अब आमिर डबल भएपछि 'धूम ३'ले तहल्का मच्चाउने झन् निश्चित भएको निर्माण टोलीको दाबी छ। एजेन्सी :