गजल : By, मानन्धर अभागी



जसले धन दिएर गयो
आज जीवन लिएर गयो

आमा विनाको टुहुरा थिएँ
बाबु म सँगै पिएर गयो

जानु त भयो जाने बेलामा
दुःखेको मन सिएर गयो

कमसेकम पाल्नु परेन
सजिलै सँग जिएर गयो

आखिर धन केही रहेनछ
जिन्दगी आज खिएर गयो ।

 मानन्धर अभागी  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com