कहिले न्याय पाइएला अधिकार खोसेपछि
महिलाले महिलालाई कोठीमा कोचेपछि
कयौं चेली बेचिए काल कोठरीमा बन्धक
भारुसँग यौवन तराजुमा जोखेपछि
अभागीको जीवनमा आज पहाड खस्यो
घरमा रुवाबासी भो कालो सर्पले टोकेपछि
नपिए डामिन्छ नचाहँदै पिउन सिके
जिउँदै जिन्दगी ढलेछ बेहोशीमा घोकेपछि
डस्नु डस्यो आज , प्रत्येक जिन्दगी निलिएछ
मुखबाट रगत बग्यो राती राती खोकेपछि ।
मानन्धर अभागी