टिक टिक टिक
फेरी फोनको घन्टी बज्यो
फोन उठाउदै हेल्लो भने
मेरो छोरा(सोनु)थियो
हेल्लो ममी हजुर कहिले घर
आउने? उही पुरानै सवाल
उफ्फ्फ्फ
मेरो पनि त्यही पुरानै जवाफ
अर्को साल आउछु बाबु
हरेक साल त्यही अर्को साल
पर्खेर बसेको छ त्यो अबोध बालक
मनभरी धेरै आसा सँगालेर
टुकु टुकु हिड्थ्यो मेरो सोनु
त्यही बेला जब म प्रदेश लागेकी थे
तोते बोलिमा आमा भनेको पनि
यसै फोन बाट सुनेकी थिए
कुरा गरुन्जेल त सँगै
भएको र उस्को गाला सुम्सुम्यएको
आभास गर्दै गह भरी आशु
पार्छु
कस्तो होला मेरो मुटुको टुक्रा
कल्पनामा बहकिन थाल्छ मन
भाबुक हुन्छु स्पर्सले छुन नपाउदा
भक्कानिन्छ छाती चिरिन्छ कठै
मासुमियत
यि सवालको के जवाफ देउ म
अर्को साल आउछु भन्दा भन्दै
बर्षउ बित्यो नि ममी
कस्तो
हुन्छ र त्यो धन? सन्तानको माया
भन्दा पनि ठुलो ?? कसरी सम्झाउ
मेरा बाध्यताहरु सन्तान बाट टाढीनाको
पिडा ब्यथा त्यो मासुम बालकलाई
उफ्फ्फ्फ
लामो श्वास फेर्छु
सात साल हुँदा पनि अझै होमसिकले
छोडेको छैन मलाई
सालहरु आउछन जान्छन
क्यालेन्डरका रङिन पानाहरु
च्यातिएर फ्याकिन्छन
नत म घर फर्किने दिन आउछ
न अर्को साल आउछु भन्ननै छोड्छु
भै गो ममी सधैं मलाई यसरीनै ढाट्नु
हुन्छ किन आउनु पर्यो र बिदेशमै
रमाइलो होला रमाएर बस्नुस् भन्दै
फोन काटिन्छ उता बाट
अनी
म पनि आफु माथिको यो जिम्बेवारीको
बोझ एक पलका लागि कतै मिल्काउन
पाए कस्तो हुन्थ्यो होला भन्दै आफ्नो
लाचार र बिबसी किस्मतलाई धिक्कार्दै
भुइमा थ्याच्छ बसेर
रुन थाल्छु
सुक्क सुक्क सुक्क गर्दा गर्दै
डाको छोडेर
यसरीनै बितेका छन मेरा
प्रबासी दिनहरु ,,,,,,,
कल्पना पौडेल ' जिज्ञासु '
गैंडाकोट ४ नवलरासी
हाल इजरायल