गजल : By, मानन्धर अभागी



म युद्घ गर्दै गर्छु ढाल फरक भएनी
हामी गोर्खाली सपूत काल फरक भएनी

देशको नाम राख्नु छ झण्डा फर्फराउनु छ
जसरी नि जित्नु छ चाल फरक भएनी

सपना मेरो राम्रो छ पोखरीमा नुहाउनु
सँधै डुबुल्की मार्नु ल ताल फरक भएनी

खाना तिमीले खाँदा मलाई सम्झी खानु ल
खाने बेलाचैं नविर्सनु थाल फरक भएनी

दशैं आयो रमाइलो हजुर बा को कौडामा
च्याँखे – दाउ थाप्दै गर्नु खाल फरक भएनी ।

  मानन्धर अभागी 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com