कार्यक्रम साझा सवाल, भाग -.307 : How Political Parties Choose Candidates?


बाहिर समाचारमा संविधानसभाको दोस्रो चुनावमा उम्मेदवारको टिकटका लागि जिल्ला जिल्लाका कार्यकर्ताहरु नेताका घर, डेरा र पार्टी कार्यालय धाइरहेका छन्; अझ टिकट नपाए बागी हुने घुर्की लाइरहेका छन् भन्ने सुन्न पाइन्छ । भित्री कोठाहरुमा भने नेताहरु पार्टीको चुनावी प्रचार खर्च धान्न सक्ने उद्योगी व्यापारीहरु खोज्दै संविधानसभाको टिकट बाँड्दैछन् भनेर पनि आएको छ । यसरी मिसिएर आउने भविष्यका यी दुईथरी सभासद्लाई पार्टी नेतृत्वले कुन आधारमा छान्नेछ त? चुनावका लागि दलहरूले कुन आधारमा उम्मेदवारको चयन गर्नेछन्? यो विषयमा छलफल गर्न हामीसँग नेपाली कांग्रेसका नेता नरहरि आचार्य, नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डे, एनेकपा (माओवादी) का नेता हिसिला यमी हुनुहुन्छ । भिडियो सम्पर्कमा विराटनगरका उद्योगपति जगदीश राठीसहित अन्य सहभागीहरू पनि हुनुहुन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com