म सिंगल छु नायिका नरगिस I

मुम्बई भाद्र ३, 

रकस्टारबाट बलिउड पाइला राखेकी नरगिस फकरी फिल्मको कारण चर्चामा छैनन्। पहिला रणबीर कपूर र त्यसपछि शाहिद कपूर र अहिले उदय चोपडा सँगको सम्वन्धले उनलाई बलिउडमा चर्चित बनाइरहेछ।

यो कुराको उनी स्वयंले पनि स्वीकारेकी छन्। 'म सिंगल छु तर कसैको प्रेममा पर्न तत्काल तयार छैन', उनले भनिन्। पछिल्लो दुई वर्षदेखि उनका कुनै फिल्म आएका छैनन्। तर उनी कहाँ ब्यस्त छिन् ? 'म विज्ञापनको शुटिंगमा ब्यस्त छु र पत्रिकाको फोटो शूटको लागि पनि', नरगिसले भनिन्।

आफ्ना बारे आएका हल्लाहरुले हैरान बनाएको नरगिस बताउँछिन्। स्टार भएपछि यति त झैल्नै पर्छ भन्ने उनको मान्यता छ। अब उनको नयाँ फिल्म 'मद्रास क्याफे' आउँदैछ। उनी अहिले यसैको प्रमोशनमा ब्यस्त छिन्। आउन लागेको फिल्म 'फटा पोस्टर निकला हीरो' मा उनले आइटम डान्स गरेकी छिन्

नरगिस फकरी भारतीय पिता र अमेरिकन आमाकी सन्तान हुन्। फिल्ममा आउनु भन्दा पहिला उनि मोडलिङ गर्थिन्। एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com