भरतपुर हस्पिटलका श्रमिक आन्दोलित प्रसासनले माग्यो ३ दिनको समय अबधि I

  भरतपुर (चितवन)साउन २८,

निमकान्त पाण्डे : अखिल नेपाल स्वास्थ्य श्रमिक संघ र अखिल नेपाल सेक्यूरुटी मजदुर संघ इकाई कमिटि अन्तर्गत संयुक्त संघर्स समितिले भरतपुर हस्पिटलमा बिगत ५/६ बर्षदेखी अस्थाई रुपमा कार्यरत श्रमिकहरुले हस्पिटल प्रसासनमा धर्ना दिदै आफ्ना मागहरु राखेका थिए।

बिहान १० बजे देखि हस्पिटलको प्रसासन बन्द गर्न पुगेका श्रमिकहरुलाई सम्बोधन गरि हस्पिटलले बार्ताको बाताबरण मिलाउन ३ दिन माग गरेपछि उपस्थित श्रमिकहरुले कोटसभा गरि काममा फर्केका थिए। साउन १४ गते पत्रकार सम्मेलन गरि हस्पिटल प्रशासनलाई जानकारी गराएको थिए। आज सम्म पनि समस्याको कुनै सुनुवाई नभए पछि प्रसासन बन्द गर्न पुगेका श्रमिक भन्दा पहिले नै पुलिस प्रसासन हस्पिटलले बोलाई सकेको थियो।

आफुहरुले कुनै अनाबश्यक माग नराखेको काम गर्दा लगाउने सेप्टी,ड्रेस, सार्बजनिक बिदामा छुट्टी अरुले पाईराखेका सेवा सुबिधाहरु माग रहेको अखिल नेपाल स्वास्थ्य श्रमिक संघ इकाई कमिटीकी अध्यक्ष सावित्री पौडेल बताउछिन। श्रमिकहरुको चर्को दवाब पश्यात हस्पिटल प्रसासनले एक सुचना जारि गर्दै बार्ता गरि समस्या समाधानका निम्ति ३ दिनको समय माग गएको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com