एजेन्सी : मुम्बइ- हट किस र बिकिनी बलिउडका लागि सामान्य बन्दै गएका छन्। पूर्व मिस वर्ल्ड एश्वर्या रायसँग धुम २ 'लक लिप्स' किस गर्ने ऋतिक रोशनले फेरि त्यस्तै हट किसका कारण चर्चामा छन्।
ऋतिक र प्रियंका चोपडाको 'लक लिप्स' दृश्य हालै सार्वजनिक भएको क्रिस ३ ट्रेलरमा देखिएको हो। ऋतिक यस्तो दृश्यका लागि चर्चित नै छन्। बलिउडका हट हिरोइन कट्रिना कैफसँग पनि उनले जिन्दगी ना मिलेगा दोबारामा यस्तै दृश्य दिएका थिए।