तलअभिव र्इजरायल श्रावन २७,
पुष्प श्रेष्ठ : नेपाली नारी आवाज ईन ईजरायल तथा हट लाईन Hotline for Migrant Workers को सयुक्त आयोजनामा ईजरायलको तेलअभिवमा एक बिषेश अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
अगष्ट १० तारिख शनिबार अपरान्ह तेलअभिव स्थीत लेवस्न्सकी पार्कमा रहेको पुस्तकालयमा सम्पन्न सो कार्यक्रममा नेपाली राजदुताबास ईजरायल, ईजरायलमा कार्यरत नेपालीहरु साथै नेपाली नारी आवाज ईन ईजरायलका प्रतिनिधीहरूकेा उल्लेख्य सहभागीता रहेका सो कार्यक्रममा हटलाईनबाट मेनेजर एमी सारले सो अन्तक्यिात्म कार्यक्रममा सहजीकरण गर्नु भऐका थियो । बैदेशिक रोजगारिका लागी ईजरायलमा कार्यरत कामदारहरुमा पछिल्लो समय थपिदै गएको समस्या र ति समस्याहरुलाई समाधान गर्नका लागी अपानाउनु पर्ने उपाएका बारेमा मेनेजर यमि सारले प्रष्टाउनु भएको थियो ।
कार्यक्रममा प्राप्त भएका समस्या र समाधानका उपाएहरु समस्या न १ . बैदेशिक रोजगारीका लागी ईजरायलमा कार्यरत कामदारहरुको साप्ताहिक रुपमा सप्ताअन्त बिदा शुक्रबार र शनिबार,शनिबार र आईतबार हुने भएकोले ति दिनहरुमा आराम गर्नका लागी कामदारहरुले आफनै पहलमा आफुहरुलाई पायक पर्ने स्थानमा सामुहीक रुपमा बस्नकालागी कोठा लिएर बस्ने प्रचलन छ । कोठा भाडामा लिएर बस्नका लागी भाडामा दिन घरमालिक तथा अर्पाट मेन्ट सन्चालकहरु एजेन्सीको रुपमा राखिएको हुन्छ । जसमा ईजरायली नागरिकनै रहने भएकोले कामदारहरुलाई लाई कोठा चाहिएमा सोही एजेन्सी वा घरमालिक सँग समन्वय गरेर कोठा भाडामा लिने चलन चलि आएको छ कम्तीमा एक बषर्का लागी कोठा भाडामा लिनु पर्ने नियमानुसरा दुबै पक्ष लिने र दिने पक्ष बिच एक सम्झौता पत्र तयार हुन्छ ।
अधिकाँस सम्झौता पत्र हिब्रु भाषामा हुनेभएकोले लिने पक्षले सम्झौता पत्रमा भएका प्रावधानहरु के के छन र अपार्ट मेन्ट लिए पछि अपनाउनु पर्ने नियमहरुको बारेमा बिस्तृत रुपमा बुझन चहादैन । सम्झौता पत्रमा भएका प्रावधानहरु नबुझी हस्ताक्षर गर्दो कहिले काही ठुलै समस्या पर्न जान्छ । यस्तै समस्यामा पुगे लक्षमी प्रशाद बन उनले केही बर्ष अगाडी सामुहीक रुपमा अर्पाटमेन्ट चलाउने गरि तेलअभिवको नेवेसना २७ मा चियेान नाम गरेका एजेन्सि मार्फत एक अर्पाट लिए अपार्ट लिएको करिब १ बर्षमा सामुहीक रुपमा नै अन्यत्र सर्ने सरसल्लहा बमोजिम सबैले अर्पाट छाडे ।
तर अपार्ट छाडे पनि सम्झौता पत्र नच्यातीएका कारण त्येा भित्र के लेखिएको थियो लिने पक्षले त्यसबारे ध्यान नदिएका कारण अर्पाट छाडेकेा मिती देखि १४ महिना पछी एक मुस्ट पानी र एरियाकेा बिल उनकेा नाममा आए पछि उनले बुझने प्याश गरे त्यसबेाला सम्म लक्षमी प्रशादकेा नाममा रहेकेा बैक खाता नगरपालीकाले बन्द गरार्इ सकेकेा थियेा उनि जब बैकमा रकम निकाल्न पुगे त्यसपछि थाहा भयेा पुरानेा अपार्ट छाडेर पनि रकम तिरि रहन परेकेा । बैकका यसबारे उनले बुझने प्रयाश गर्दा बैकले रकम भुक्तानी नगरेसम्म बैक खाता बन्द हुने जानकारी पाए पछि उनले कवलावेाभेदकेा सहयेायमा बिकल लगार्इ रकम फिर्ता पाउने आशामा रहि रहेका छन उनि ।
अपार्ट छाडेर पनी रकम भुक्तानी गर्ने एजेन्सीले ताकेता गरि रहे पछि बाध्य भएर उनले केही रकम भुक्तानी गरे सबै रकम भुक्तानी नगरे पछि उनलाई सम्झौता का एक पक्ष अपार्ट सन्चालकहरुले मानसीक दवाव र्दिइ रहे यहि समस्या लिएर आएका लक्षमी प्रशादललार्इ हट लाईनको आग्रहमा सम्झौता पत्रलाई अग्रेजीमा उल्था गरि कवला अोवेद मार्फत सोबारे यर्थाथ बुझन अनुरोध गर्दे कामदारहरुले नबुझने गरि जर्वजस्ती अन्य कुनै भाषामा सम्झौता गराई हस्ताक्षर गर्न लगाउछ भने त्यो ईजरायलको कानुन बिपरित हुने भएकोले यस्तो हर्कत गरे र गराएका पाई नियमानुसार कार्वाही हुने भएकोले प्रमाण सहित सम्बन्धीत निकाय वा हट लाईनमा सम्र्पक गर्न अनुरोध र्गनु भएको थियो ।
समस्या न २ बिदेशिकामदारकोकोकाम गर्ने अवधि प्रक्रियाका बारेमा सोधिएको प्रश्नमा बैदेशि रोजगारिका लागी ईजरायलकाममा कामदारहरुको काम गर्ने अबधि ५१ म्हिना हुने र घरमालिक रहेको अवस्था वा कामदारलाई मन पराएको अवस्थामा कामदारहरुले ५१ म्हिना भन्दा बढी सम्बन्धीत निकायमा गई भिसा लगाए बस्न सक्ने प्रावधान रहेको प्रष्ट पार्दे उहाले ५१ महिना पछि काम गर्ने सोच बनाएका कामदारहरुले आफुले काम गरिरहेको घर वा एजेन्सी मार्फत काममा लाग्न अनुरोध गर्नु भयो । पछिल्लो समयमा कामदारहरु काम गर्ने लोभमा बिभिन्न माध्यमबाट ठग्गीरहेका यर्थाथ औलाउदै उहाँले काम लागाउने कुनै कार्यलय मार्फत काम पाउने पक्रिया अगाडी बडाएमा सहज हुने तर ब्यक्तीगत रपमा कसैले काम लाई दिन्छु भन्दैमा त्यसता ब्यक्तीहरुको पछाडी नलाग्न अनुरोध समेत गर्न भयो । नियमानुसार ५१ म्हिना काम गर्न पाउनु तपाई हाम्रो अधिकार हो ।
तर त्यो समय भन्दा बढी बस्न मनलागे ईजरायल सरकारले बिदेशीकामदारहरुका लागी काममा लगाउन पाउने अधिकार सम्पन्न एजेन्सीहरुमा मात्र सम्र्पक गर्न जानकारी दिनु भयो । काममा लगाई दिने लोभ देखाएर सयौ डलर लिने र अन्तमा काममा लगाउन नसके पछि प्रहरी लगाए उनीहरुले नै समात्न लाएर पठाईरहेको भन्ने जानकारी आएको ले नियम भन्दा बाहिर गएर कार्य गर्न र यराउन नलाउन उहाँले सबैलाई आग्रह समेत र्गनु भयो । उहाले भन्नु भयो यस्तेा अवस्थामा तपाईले काममा लाईदिने आशामा बुझाउनु भएको रमकको कुनै प्रमाण नहुने र नदिने भएको ले तपाईको रकम फस्न सक्छ । ठग्नेहरुले तपाईलार्इ अबैधानीककामदारको रुपमा राखेर अबैधानीक तरिका बाटै तपाईबाट रकम लिई रहेका हुन्छ ।त्यसैले यस्तो भए वा जर्वजस्ती तपाईलाई फसाउन लागेको थाहा भएमा तुरुन्तै प्रहरी वा हटलाईनमा सम्पर्क गर्न अनुरोध गर्नु भऐका थियो ।
समस्या न ३ .कामदारहरुले आफनोकाम छुटे पछि पाउनु पर्ने सुबिधाका लागी के के प्रक्रिया अगाडी बढान पर्ने हुन्छ भनी सोधिएको प्रश्न मा एमि सारले कामदारकाम गरिरहेका घरमालिकको मृत्यु भएमा वा कामदारलाई कामबाट निकालेको खन्डमा निजले पाउने रकम पिचुईम,बोनस लगाएत अन्य रकमहरु कमदारलाईकाम बाट निकालेको एक महिना भित्र बुझाउनु पर्ने हुन्छ । त्यका लागी जो कोही कामदार आफनो काम छुटेको ७ दिन भित्र नजीकेका कवलाओभेदमा गएर आफनो नाममा फायल खुलाउनु पर्ने हुन्छ । यदि यस्तो नगरेमा तपाईले लिनु पर्ने रकमको कहि पनी प्रमाण नहुने भएको ले तपाईलाई प्रहरीले समाती हाले पनी तपाई सँगको प्रमाणको अभावमा तपाईलाई आफनो देश फिर्ता गराउन सक्छ ।
यदि तपाईले कवलाओवेदमा गएर आफनो नाम मा फायल खोल्नु भएको छ भने तपाई आफनो देश फर्काय पनी तपाईको देशमा रहेको ईजरायली दुताबासमा गएर तपाईको फायल सँख्याको आधारमा तपाईले पाउने रकमका बारेमा उजुरी र्गनु भयो भने सम्वन्धीत दुताबासले दिने पत्रको आधारमा कवलाअोवेद मार्फत ढिला नै भए पनी तपाईको रकम पाउन का लागी वकिल हरुले आफनो प्रक्रियालाई अगाडी बढान मदत गर्ने बताउनु भयो उहाँले कामदारहरु आफनो कामको अन्त सँगै ७ दनि भित्र कवलाअोवेदमा पुगेर आफनो बारेमा र्यथात टिपाउन अनुरोध समेत गर्न भयो । अन्र्तक्रियामा भएका अन्य बिभिध छलफलहरु तयारीको अवस्थामा रहेको ले प्रतिक्षा गर्नुहोला अझै समस्या र समाधानका बिषयहरु बाकी नै छन हामी पुन अपडेट गर्ने छौ