गज़ल : By, सनम गोले I



कस्ले सुन्छ बुझ्छ खै कथा राजधानिको ।
जताततै अस्तव्यस्त व्यथा राजधानिको।

करोडौं बजेट आउँछ रे कता हाल्छन खै
हिनामीना हुँदैछ कि ज्याथा राजधानिको।

जताततै धुवाँ मैलो देख्छु छैन सफा सुघर
दिनहु झुक्दै छ किन?माथा राजधानिको।

कान्तिपुरी अमरावाती सुन्दर नगरी अरे
हिजो आज गाउन छाडे गाथा राजधानिको।

पुर्व पश्चिम उतर दक्षिण सबैको ओईरो
आज भोलि यस्तै छ रे प्रथा राजधानिको।

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com