गीत : By बिमला अधिकारी देवकोटा I



आउदै छु म भेट्न सानु ,अब दिन गन
कति दुख्यो होला तिम्रो नौनी जस्तो मन !
*
रहरले हैन सानु बाध्यताले भएँ टाढा
तिमिबाट टाढा हुँदा यादहरु झनै गाढा
तिम्रो यादमा जति डुब्यो उति गल्छ तन
कति दुख्यो होला तिम्रो नौनी जस्तो मन !
*
बिछोडले तिम्लाई दुख्दा मलाई दुखेको छ
बाध्यतामा तिम्रो सामु यो शिर झुकेको छ
तिम्रो मायाँ भन्दा ठुलो छैन मलाई धन
कति दुख्यो होला तिम्रो नौनी जस्तो मन !
*
भेट्न आउदै छु म सानु अब दिन गन
कति दुख्यो होला तिम्रो नौनी जस्तो मन !

बिमला अधिकारी देवकोटा
भरतपुर, नेपाल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com