हुँदैन आफू जस्तो अरु , फरक हुन्छ विचार
सोच फरक – फरक , बेग्लै हुन्छ संस्कार
धर्मको नाउँमा आज , निकाय नै कू – बाटोमा
चाहन्छु म विशुद्घ सेवा , चाहन्छ उ व्यापार
पुर्खौं देखिको चलन , यहाँको रितिरीवाज
तैं चुप मै चुप हुन्छ , मिलेमतोमा अपार
कसैले कमाउँछ त , कसैले गुमाउँछ पनि
सबै एउटै हुन्न है , म गर्दछु खबर्दार
कुनै विस्मात छैन है , सही ठाउँमा लगाएँ
हाम्रो लीला अपरम्पार , गुमाइ सकें घरबार ।
मानन्धर अभागी