तिम्रो यादले सताउँछ अत्ति धेरै।
तब रक्सीले मताउँछ अत्ति धेरै।
शान्ति हुन्न मनमा सधै मलाई हेर
कसैले दिमाग तताउँछ अत्ति धेरै।
पिरमर्म कस्ले सुनिदिन्छ र मेरो
सबैले किन लत्याउँछ अत्ति धेरै।
सोचेको जस्तो हुन्न कहिले किन
भुमरीमा फसेझै नचाउँछ अत्ति धेरै।
उराठलाग्दो दिन कसरी काट्नु खै
समयले पनि अत्याउँछ अत्ति धेरै।
सनम गोले
दामन मकवानपुर
हाल मलेशिया