गीत : By, कल्पना राई"खुशी" I



आमा बाबा साथी संगी संग नाता तोड्नु रै छ
नचाहेरै एक दिन  यो दुनिया  छोड्नु रै छ

माया मोह आधार हो बाँच्नलाई धर्ती माथी
सुख लुट्ने धेरै हुन्छ दु:ख खेप्ने आफ्नै छाती
कौडी पनि हुन्न आफ्नो श्रीष्टि ब्यर्थै गोड्नु रै छ
नचाहेरै  एक दिन  यो दुनियाँ  छोड्नु रै छ

मरी हत्ते गर्ने पनि काहाँ मर्छ आफु मर्दा?
काँडा कै'ले झर्या छ र?वैलियेलर फूल झर्दा
मुगा मोती अंश लाग्छ कात्रो एक्लै ओढ्नु रै छ
नचाहेरै एक दिन  यो दुनियाँ  छोड्नु रै छ ,.....

कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल:-दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com