मलाई ज्युँदै मार्नु, चुनौती हो समयको
उचालेर पछार्नु , चुनौती हो समयको |
हार भन्नु जीतको पहिलो त्यो खुड्किलो हो
अखडामा हार्नु ,चुनौती हो समयको |
बहकिन्छ मन सम्हाल्नु नै कर्तब्य हो
मेरो मन बिगार्नु ,चुनौती हो समयको |
एकान्तमा रुन्छु सधै सम्झी आफन्त ती
मलाइ एक्लो पार्नु , चुनौती हो समयको |
छैन कोहि आफ्नो ,यो बिरानो मुलुकमा
आफै लाइ धिकार्नु ,चुनौती हो समयको |
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड