प्रहरीको आतंक लाई बढावा दिनेमाथि कारवाही किन नगर्ने ?

काठमान्डू श्रावन २२, 

प्रनानि यादव एसएसपी खनालका टोक्ने र भुक्ने कुकुर हुन् ...

प्रहरीको अर्थ आठै प्रहर देश र जनताको सुरक्षा गर्नु हो तर वीरगंजका प्रहरी रक्षा हैन सोझा जनतामाथि प्रहारमात्र गर्छन् । प्रहरी आफु विभिन्न कुकर्ममा लिप्त रहन्छन् र उनीहरुको कसैले भण्डा फोर गरिदिएरमा त्यसमाथि ताबडतोड बर्सिन्छन् । वीरगञ्जमा एकजना प्रहरी नायब निरीक्षक विजय यादवले क्राईमचेक साप्ताहिक पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक सन्तोष मिश्रलाई आफ्नो बारेमा लेखिएको समाचार लाई लिएर मोबाईलमा तथानाम गाली गर्दै दुई नम्बरी काम गरेको आरोपमा फसाईदिने धम्कि दिएकाछन् । 

ती कुख्यात प्रहरीलाई ती पत्रकारसंग समाचार छापिएको रिष थियो भने उनीसंग भेटेर जवाब तलब गर्न सक्थे । गाउँमा बस्ने निर्दोष आमा र बहिनीलाई तल्लो स्तरको गाली दिने अधिकार ती प्रहरी नायब निरीक्षक बिजय यादवलाई कसले दियो ? कसैसंग रिष उठ्यो भने उसको तीनपुस्तालाई सत्तोसराप गर्ने अधिकार के यादवका मतियार तथा गड फादर वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले दिएकाहुन् ? फेरि खनाल कुन चोखा हुन र ? भ्रष्टाचारमा चुर्लुम्म डुबेका खनालले कान्तिपुरका संवाददाता भुषण यादवलाई काखी च्यापेर आफ्नो पापको ढाकछोप गर्दै आईरहेकाछन् । 

केही महिनाअघि यातायात ब्यवस्था विभाग वीरगंजको मृतकलाई लाईसेन्स दिएको समाचारमा कान्तिुरका संवाददाता भुषणलाई स्टिंग अपरेशनमा खनालले जसरी सघाए त्यसबाट यी दुईबीचको सम्बन्धको असलियत जगजाहेर भएको छ । भुषण अहिले आफ्नै जातिका प्रनानि यादवका अति नै हित चिन्तक देखिएका छन् । जसले गर्दा उनले पनि खनलाको भ्रष्टाचारको नदीमा खुलेर हात धोएको थाहा हुन्छ नै । त्यस्तै प्रनानि यादवका पक्षपोषक भएर अगाडि आएकाछन् वीरगञ्जका गैंडा पत्रकार अर्थात शत्रुघन नेपाल । 

नेपालले प्रतीक दैनिकमा बडो दुरदर्शी भएर समाचार लेखेकाछन् क्राईम चेकका प्रधान सम्पादक सन्तोष मिश्रको बारेमा । उनले विहिबार बिहान छापिएर निस्केको प्रनानि यादवविरुद्धको समाचारमा मिश्रले ४ प्रतिमात्र पत्रिका छपाएर बारा जिल्लामा रहेको यादवको घरमा आफैले लगेर राखेको लखेकाछन् । वाह ! भ्रष्टाचार गरेर कमाएको अकुत सम्पतिले गैंडा जस्तो जीउडाल भएको शत्रुध्न नेपाल कुन देशमा बनेको चश्मा लगाउंछन् ? थाहा छैन । मिश्र कतिबेला बारामा रहेको यादवको घर गएर फर्किएकी उनलाई त्यही दिन बिहान १० बजे उनको मोबाईलमा यादवले भए नभएको दुर्वाच्य बोलेकाथिए । जसलाई मोबाईलमा रेकर्ड गरेर मिश्रले सुरक्षित राखेका छन् । 

गैंडा पत्रकार नेपालले कुनबेला र कसरी मिश्रलाई बारा गएको देखे ? या उनी आफै मिश्रको ठाउंमा कुद्दै आफ्नो बाईकमा गएर यादवको घरमा त्योदिनको पत्रिका राखेर आए ? पत्रकार मिश्रसंग हेलिकप्टर त पक्कै छैन ? न त उनी बाईक नै चलाउंछन् यसरी एउटा निर्दोष पत्रकारको बारेमा बुझ्दै नबुझेर समाचार लेख्नुले नेपाल कतिको पानीमा छन् थाहा हुन्छ । नेपाललाई यादवले यो झुटा समाचार लेखे वापत नोटको बिडों अवश्यै थमाए होलान्, अनि त यादवको समर्थनमा यत्रो भजन जस्तो समाचार लेखे । आखिर जसले आफ्नी बहिनीलाई सम्पतिमा अँश दिनुपर्छ भनेर झुटो बिबाह गरेको र तलाक लिएको प्रमाण पेश गरे तीनले त जेपनि गर्न सक्छन् । 

आफ्नी बहिनीको नागरिकता र जन्मदर्ता प्रमाणपत्र नक्कली भनेर रद्द गराउन लगाउने नेपालकै गलत प्रमाणमा हस्ताक्षर गर्दा वीरगंज उपमहानगरपालिका कार्यकारी अधिकृतसहित ६ जना अख्तियारको कार्वाहीमा परेर निलम्बन भएका थिए । जसले आफ्नै बहिनीको विरुद्ध गलत काम गर्छ त्यस्ताले पत्रकार मिश्रको झुटो समाचार लेख्नु कुनै ठूलो कुरो होईन । गैंडा प्रत्रकार नेपाल त मान्छे जातिको नाममा एउटा धब्बा नै हुन् । भारतीय गुप्तचर संस्था ‘र’ का खुखाँर एजेन्ट जगदीशप्रसाद शर्माले पालेको कुकुरहरुले योभन्दा बढी गर्न जानेका पनि हुदैंनन् । 

प्रनानि यादवको घरमा पक्कै आमा र दिदीबहिनी छैनन् होला ! त्यहीभएर मिश्रको आमा र बहिनीलाई मुम्बईको कोठीमा लगेर नचाउने भन्ने दुर्वचन बोल्न सके । यदि यादवको आमा र दिदीबहिनी भएका भए तीनले मिश्रलाई यस्तो अश्लील बचन बोल्न सिकाउंथेनन् होला ? एसएसपी खनालकापनि दुईटी छोरी छन् तीनको बारेमा यस्तो खराब वचन कसैले बोलेभनि उनले त्यसलाई बाँकी राख्थे होलान् ? प्रनानि यादव त खनालले पालेका टोक्ने र भुक्ने कुकुर न हुन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com