युगको आदिम काल देखि नै स्त्री पुरुष बाँच्नको लागि संघर्ष गर्ने क्रम मा उस्तै भव-भूमीका खेल्दै आएका थिए । पुरुष सँग सँगै स्त्रीले पनि शीकार खेल्दथे । प्रकृतिले नै स्त्री पुरुषलाई दिएको भिन्नता के हो भने स्त्रीले बच्चा जन्माउनु पर्छ अनि उनि बढी ममतामयी, स्नेही, सहनशील, विनम्रता र कोमल हुन्छिन । जुन गुण पुरुषमा अलि कम हुन्छ । सायद यसैले स्त्रीलाई धर्ति जस्तै महान भनिएको हुनु पर्छ ।
यसरि शारीरिक रुपमा स्त्री पुरुष भन्दा केहि कम्जोर भए पनि मानसिक रुपमा कुनै कम छैनन् । घरको पारिवारिक बनावट देखि सामाजिक संरचना र राष्ट्र निर्माण गर्न उनीहरुको उदाहरणीय र प्रसंसानिया योगदान रहेको छ । इमान्दारिता पुर्वक भन्नु पर्दा इतिहास का पानामा अहिले जीवित नामहरुको पछाडी कुनै न कुनै रुपमा स्त्रीहरुको हात र संलग्नता रहेको छ । चाहे ती विश्व बिजेता नै किन नहुउन ! यसैले त भनाइ नै छ हरेक सफल पुरुषको पछाडी नारीको हात हुन्छ । यसको अर्थ नकारात्मक नलागोस यहाँ नारी बिना पुरुष असफल हुन्छन भन्न खोजिएको भने होइन ।
२१ औं शताव्दीको यस चौखटमा आइपुग्दा महिलाहरुको सामान्य देखि अकल्पनीय सम्मको उत्तर चडाबहरु खेप्दै/बेहोर्दै आएका छन् । चाहे त्यो पश्चिमी मुलुक मा होस्, चाहे पूर्वीय राष्ट्र हरुमा होस् फरक यति अलि बढी र कम होला महिला माथिको बेदना ब्यक्त गर्न र सम्झिन लायकका छन् । नारी बिनाको परिवार, समाज र राष्ट्रकै परिकल्पना गर्न सक्दैनौं तर समय सँगै आएको परिबर्तन कतै खपी सक्नु छैन भने कुनै ठाउँमा पची सक्नु छैन । यसको आसय के हो भने परिबर्तको नाममा कतिले बढी घ्यु पाए झैं भएका छन् भने कुनै ठाउँमा कल्पनै गर्न नसकिने नारक्या जीवान जिउन नारीहरु अझैं बाध्य छन् । बिशेष गरि पूर्वीय राष्ट्रका महिलाहरुले भोग्नु परेको तितो यथार्थ भने हामी यति सजिल्यै भुल्न सक्दैनौ ।
समय सँगै परिबर्तनको चेतनाले सकारात्मक परिबर्तन ल्यायो तर कतिले दुरुपयोग गरिरहेका छन् त कतिले उपयोग नै गर्न पाएका छैनन् । समय समयमा समाजमा यत्र तत्र महिला समानताका, अधिकार का आवाजहरु घंकिन्छन । तर जतिनै यस्ता शंख फुकिये पनि गुफा बाहिर लागेको सूर्य झैं भएको छ, महिलाहरुको स्थिति । र यस्ता अधिकार र समानताका नाराहरु घन्की रहँदा अथवा कहिले काहीं सडक तत्तिदा राम्रो होइन वल्कि नमिठो लाग्छन । अधिकार सडक तताएर होइन, मंच तताएर होइन वल्कि चेतना रुपी शिक्षाको ज्योति बालेर हुन्छ ।
हाम्रा केहि हजुर आमा र आमाहरुले पक्कै नारक्या जीवन बिताउनु परेको थियो त्यसको पछाडी अशिक्षा र गरीबी मुख्य कारण थिए । र हामीले भुल्न नहुने अन्धविस्वास रुढी वादी पनि हो । तर अहिले त्यो धेरै कम भएको छ । सायद केहि स्थानमा जीवित छन् धेरै ठाउँमा छैनन् । समान अधिकारको लागि मानसिक रुपमा बलियो र सवल भै पुरुष सँग त्यो जुवामा नारिन सक्नु पर्छ साबित गर्नु सक्नु पर्छ । अनि हामी कसै बाट हेपाइ र चेपाई पाउने छैनौं तर कुर्सीमा बसेर अधिकार माग्दा पक्कै हास्यास्पद हुन्छ । हो पक्कै पनि सामाजिक रुढी वादीले महिलाहरुलाई चुला चौकामा सिमित राखेको थियो तर अब त्यो दैलो बन्द छैन अब। तसर्थ महिला अधिकारका स्ट्यानडर्ट डिमाण्ड बिदेशी परफ्युम झैं समय समयमा सडकमै सुगन्धित हुँदा कतिले टिठ लाग्दो दृष्टिले हेरेको पाइन्छ ।
महिला अधिकार , महिलाहरुले को सँग माग्दै छन् ? कहिले , कसले खोसेको थियो ? यकिनन युगिनकाल देखि स्त्रीले बच्चा जन्माए पछि घरमा रहिन पुरुष जस्तो जता ततै उड्न , हाम्फाल्न सकिनन् होला तर त्यसलाई अधिकार खोसिएको भन्न मिल्दैन । अधिकार त स्त्री पुरुष दुइबैलाइ स्वत प्राप्त छ । समयन्तराल्मा पुरुषले वाहिया र स्त्रीले घर परिवार सम्हाल्दै आउँदा कालान्तर मा नीति नियम बन्दै गए मान्छेले बनाउदै गए अनि चेतनाको बिकाश हुँदै जाँदा सामाजिक बनावट आफै कसिँदै गयो । स्त्री परिवारको खुशीमा तल्लिन भइन पुरुषमा झन् उत्तरदायित्व थपिँदै गयो । यस्तै उत्तर चडाबको गोरेटो उकाली ओराली गर्दै हामी यहाँ सम्म आइपुग्दा अब स्त्रीले अधिकार माग्न सक्ने भए । यो नराम्रो होइन तर अधिकार पाउन आफ्नो बौदिक क्षमता लाइ पनि उत्तिकै सबल र बलियो बनाउनु पर्ने हुन्छ । अधिकार सजाउनको लागि होइन प्रयोग गर्नुलाई हो ।
बिशेष गरि हाम्रै समाजको कुरा गर्दा शिक्षाको ज्योति त्यो रुढी वाढी को खोपी भित्र सम्म पुग्नु पर्छ अनि नारी आफै सबल हुन्छे । समाजमा समानताका नाराहरु अनि घन्किने छैनन् । यहाँ (समजामा) देश भन्दा बाहिरका बुद्धि बिक्रि भएको देखिन्छ । अनि त नारी समानताका नाराहरु तारे होटेल का चिल्ला टेबलल मा सम्पन्न हुन्छन अनि खोक्रो खाकाहरु राम्रा खातामा लेखिन्छन अनि धुलो लागेको दजार्मा लुकाइञ्छन , बन्द गरिन्छ । आफ्नो बुताको आंकलन गर्न नसक्नेले यसो गर्छ जुन हाम्रा समाजका उदाहरण हुन् ।
यहाँ दुखका साथ् भन्नु पर्छ पुरुषले नारीलाई होइन नारीले नै नारीलाई दबाएको छ, शोषित गरेको छ अनि नारी नारी बाटै पीडित छ । उदाहरण लिउ एक महिला सासु भएपछी आफु बुहारी भएको बिर्सिन्छ । छोरीको पीडा मा दुख्ने उनि आफैले बुहारीलाई गरेको व्यवहार नजर अन्दाज गर्छ । छिमेकीले गरेको प्रगति देखेर हामी पनि कसरि प्रगति गर्ने भन्ने तिर सोच्दैनौ अब त्यसलाई कसरि गिराउने यस्तो नकारात्मक सोच उत्पन्न हुन्छ , यस्तो नकारात्मक सोचलाई जरै देखि उखालेर फाल्नु पर्छ । यो पछिल्लो पोइन्ट सायद आम मा होला तर अलि बढी स्त्रीमा होला ।
घरायसी तानतुन चुला चौका मा ब्यस्त महिला पछिल्लो समयमा बिदेशी सिरियल र टिभी च्यानलले निकै नकारात्मक प्रभाव पारेको छ । सडक देखि सदन सम्म उनीहरु पुरुष झैं सक्रिय देखिए पनि जति हुनु पर्ने त्यति हुन सकेको छैन र सम्झंदा दुख लाग्ने पाटो अझै नारीलाई विभिन्न कारण सारीरिक र मानसिक यातना दिने क्रम रोकिएको छैन यसको बिरुद्ध नारी मात्र होइन पुरै समाज उठ्नु पर्छ तर जहाँ सम्म महिला अधिकारको कुरो छ यो भने थपक्क आराम चेयर मा बसेर पाइदैन ।
जसले नबुझी अधिकार पाउछ त्यसको दुरुपयोग हुन्छ भनेर बुझे हुन्छ । यसको अनर्थ नलागोस यहाँ नारीले पुरुष समान अधिकार पाउनु पर्छ त्यसको लागि उ हरेक पक्ष बाट सक्षम हुनु पर्छ त्यो सक्षमता शिक्षाले दिन्छ । अहिले शिक्षामा पनि समानता आएको छ तर सामाजिक साँगुरो सोचमा भने त्यति परिबर्तन भै नसकेको अबस्था छ । त्यसको लागि नारी पुरुष दुवै नै एक भै उभिनु पर्छ । तसर्थ लडाई पुरुष सँग होइन अधिकार सँग र त्यो अधिकारको लागि हामी आफै जागरुक हुनु आबस्यक छ ।
यासिन राई