सिड्नी असार १८ ,
हालै मात्र प्रधानमन्त्रीमा नियुक्त भएका अस्ट्रेलियाका प्रधानमन्त्री केभिन रडले सोमबार महिला मन्त्रीहरूको बाहुल्य रहेको नयाँ मन्त्रिपरिषद्को घोषणा गरेका छन् । यसलाई अस्ट्रेलियाको राजनीतिक इतिहासमा सबैभन्दा धेरै महिला मन्त्री भएको मन्त्रिपरिषद् मानिएको छ ।
आर्थिक विकास र राजनीतिक सन्तुलन मुख्य नारा दिएर हालै मात्र प्रधानमन्त्री बनेका उनले यो पहिलो र नयाँ मन्त्रिपरिषद् घोषणा गरेका हुन् । तीन वर्षअघि अकस्मात् सत्ताबाट हटाइएका उनी गत बुधबार मात्र संसदीय दलको नेतामा चयन भएका थिए । त्यसलगत्तै प्रधानमन्त्री नियुक्त भएका उनले नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन् ।
नयाँ मन्त्रिपरिषद्मा ११ नयाँ महिला मन्त्री छन् । रडले सञ्चारकर्मीहरूसँग भने, 'यो कुरा सार्वजनिक गर्न खुसी लागेको छ कि हामीले अस्ट्रेलियाको इतिहासमा नै सबैभन्दा बढी महिला सम्मिलित मन्त्रिपरिषद् गठन गरेका छौं ।' महिलालाई दिइएका ती मन्त्रालयहरूमा अर्थ, स्वास्थ्य, गृह, विकासलगायत मन्त्रालयहरू छन् । हालका लागि मन्त्रालय बाँडफाँड नगरिएको भए पनि ती मन्त्रालय महिला मन्त्रीका लागि राखिएका प्रधानमन्त्री रडले जानकारी दिएका छन् ।
यसअघिको मन्त्रिमण्डलमा नौ मात्र महिला मन्त्री थिए । हालै मात्र त्यहाँको लेबर पार्टीमा संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री जुलिया गिलार्डलाई हराएर उनी इतिहास दोहोर्याउँदै प्रधानमन्त्री बनेका हुन् । उनले सरकारको पहिलो प्राथमिकता आर्थिक विकास भएको यसअघि नै सार्वजनिक गरिसकेका छन् । -एएफपी: