बैदेशिक रोजगारको प्रलोभनमा पारि बिदेशमा बन्धक बनाइ फिरौती मागे I

काठमाण्डौ साउन १०, 

नारीदर्पण : बैदेशिक रोजगारको प्रलोभन देखाएर बिदेशमा लगेर बन्धक बनाइ फिरौती लिनेको कब्जामा नेपालीहरु पर्ने गरेको घटना नयाँ घटना सार्वजनी भएको छ । यस्तै नियति भोगेका ८ जना युवाहरु इनत्र पोल तार्कि र नेपाली प्रहरीको सहयोगमा ज्यान जोगाएर स्वदेश फर्कन सफल भएका छन् । उनीहरु मध्ये सय्न्जाका भवन भण्डारी बन्धक्कै क्रममा मृत्यु भएको फर्कने हरु बताएका छन् । 

राम्रो कमाइ गर्ने र घर परिवारको आर्थिक स्थिति उकास्ने सुन्दर सपना बोकेर बैदेशिक रोजगारमा हिडेका ८ जना युवाहरु मुस्किल्ले ज्यान आफ्नो देश फर्केका छन् । बल्ल तल्ल ज्यान बचाएर नेपाल फर्केका ती युवाहरुले बैदेशिक रोजगारीमा जाने क्रममा भोगेका कथाहरु अत्यन्तै कहाली लाग्दो छ । टर्कीको एक डिपार्टमेन्ट स्टोर मा मासिक तेह्र देखि सत्र सय डलर तलब पाउने र त्यो पनि कमाएर तिर्दा हुने प्रलोभनमा पारेर झापाका दीपराज शर्माले उनीहरुलाई दुवै पुर्याएका थिए । जब दुवै बाट उनीहरुलाई तार्कि तर्फ लग्यो तब आफुहरु अन्तराष्ट्रिय अपराधिक गिरोहको पन्जामा परेको उनीहरुले थाहा पाएका थिए । 

त्यहाँ उनीहरुलाई यातना दिने क्रममा मार्नको लागि धारिला हतियारहरु ल्याएर राखेका हुन्थे,  पिट्नको लागि  मुङ्ग्रो जस्तै डर लाग्दो लाठि , क्रिकेट खेल्ने ब्याट जस्तै काठको ठुलो मोटो लठ्ठी ले पिट्थे भनि फर्केका युवाहरुले आँखा भरि आँशु पार्दै भनिरहेका थिए । उक्त गिरोहले स्थल र जल मार्ग हुँदै इरान र टर्कीको सीमामा रहेको एक दुर्गम गाउँमा पुर्याएर उनीहरुलाई बन्धक बनाएका थिए । 

यसरि ती युवाहरुलाई बन्धक बनाएर एता नेपालमा परिवारका सदस्य हरुलाई फोन गरि फिरौती मागेका थिए । बन्धक मा परेका ८ जनाको फिरौती वापत झन्डै एक करोड रुपैयाँ सो अपराधिक गिरोहले असुलेको र यस्तै नियति भोगेर फर्कने अरु पनि धेरै हुन सक्ने प्रहरीको अनुसन्धान अधिकृत ले बताएका छन् । फिरौती बुझाएर पनि मुक्त हुन नसकेका उनीहरुले बन्धक्मै अपहरनकरिहरुको प्रतिरोध गरि तार्कि प्रहरीको शरणमा पुगेपछि मात्र आफ़्फ़ुहरु अपरहण मुक्त हुन सफल भएको पीडित युवाहरुले बताए । 

इन्टरपोल नेपाल प्रहरी र तार्कि प्रहरीको सहयोगमा उनीहरु स्वदेश फर्कन सफल भए पनि तार्कि प्रहरीको नियन्त्रणमा रहेको अपराधिक गिरोहले असुलेको फिरौती रकम फिर्ता गरिदिने तर्फ सरकारले पहल गरिदिन उनीहरुले आग्रह गरेका छन् ।  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com