गीत : By, रमा भण्डारी I



प्रेमको अर्थ कस्तो होला आकाश धर्ती  नभएमा !
लेक बेशी हिमालले प्रीतिको  गीत नगाएमा !!
*
श्वास हाम्रो रहुञ्जेल मिलीजुली बाँच्नु पर्छ  !
थोरै खुशी पाए पनी दुख लुकाई हाँस्नु  पर्छ  !!
बाँच्नु पनी के अर्थ भो चोखो माया  नपाएमा  !
लेक बेशी हिमालले प्रीतिको गीत नगाएमा !!
*
कर्कलाको  पानी जस्तै सर्छ जीबन यँहा वहाँ !
स्वचालित छ समय यो आज यँहा  भोलि काँहा  !!
सिंगै जीवन सुम्पिदिदा आफ्नो भन्न नआएमा  !!
लेक बेशी हिमालले प्रीतिको  गीत  नगाएमा !
*
प्रेमको अर्थ कस्तो होला आकाश धर्ती नभएमा  !
लेक बेशी हिमालले प्रीतिको गीत नगाएमा  !!

रमा भण्डारी
काठमान्डू हाल इज़रायल  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com