सुन्य- सुन्य भएँ,कमल बिनाको दह जस्तो i
माया सम्झे दुख्छ ,बल्झिने मुटुको बह जस्तो //
साथ छैन केहि,सम्झना भनेर याद गर्दा,
मधुरो भो बिम्ब,ओझेल परेको टह जस्तो//
अर्ध मृत भएँ,विक्षिप्त छातीको घाउ दुख्दा,
टिल-पिल हुन्छु,सगर ओकल्ने गह जस्तो //
हरा-भरा छैन, प्रीतको उर्बरा बिना यहाँ,
जिन्दगानी भयो,धर्तिको चट्टानी तह जस्तो//
पिडा ढाक्न खोज्छु,कलेटी परेको ओठ खोल्दै,
मन सदा खल्लो ,त्यो मैन नभाको मह जस्तो //
कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया