डण्डीफोर्को दाना फल्यो बैंशले पो हो कि
बिना आगो मुटु जल्यो बैंशले पो हो कि
हाँस्न नाच्न मन हुने त्यसै त्यसै पनि
उमङ्गको मात चल्यो बैंशले पो हो कि
बा आमाको काख छोडि उडौं उडौं लाग्ने
मेरो बाला-पना ढल्यो बैंशले पो हो कि
बसन्तमा पालुवा झैं कता कता म मा
मन भित्र प्रित पल्यो बैंशले पो हो कि
टिपौं लाग्छ जून अनि सागरको मोती
चाहनाको दियो बल्यो बैंशले पो हो कि
डण्डीफोर्को दाना फल्यो बैंशले पो हो कि
बिना आगो मुटु जल्यो बैंशले पो हो कि
सोमकृष्ण श्रेष्ठ
भिनपा, २ दोलखा