गजल : By, पोष कुमार राई I



तूफान आँधी हुरी आई उड़ायो जिन्दगी।
खै कहाँ-कहाँ आज पुर्यायो जिन्दगी॥

जतन गरी राख्ने कोसिस गर्दा पनि।
असिना र बर्षातले रुझायो जिन्दगी॥

हरेक ईच्छा-आकांक्षाहरु कुल्चिएर।
नियतिले नै घात गरी रुवायो जिन्दगी॥

जिन्दगी त महा-सागर पो सोच्थेँ म।
खहरे झैँ आज कहाँ सुसायो जिन्दगी॥

परात्मकको क्रम हो हाँसो खुसि भन्थे।
न त यहाँ बाँचुन्जेल रमायो जिन्दगी॥

पोष कुमार राई
महेश्वरी-२ सानोडुम्रे खोटाङ्

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com