बिउँझ्यो सुर्य उषालाइ लिएर
दिन बितायो किरण संगैडुलेर
ढल्यो सुर्य फेरि सन्ध्या पाई
प्रेममा कलंक गयो लगाई
माया चन्द्रलेचाँदनीको पायो
वासनामा लिप्त भइ दाग लगायो
बादल आवारा भनि आरोप लागेछ
इज्जत गुमाई रोइ रोइ बर्षेछ
प्रेम गरि मौसमलेबसन्त ल्याए
मुटुचुडेपछि शिशिर छाए
आक्रोस बढी फेरि हुरी चलेछ
बिजुली बनि डाँको छोडी कडकेछ
चरा चुरुंगी नैबेस छन प्रीतको रेशमा
छाडी जांदैनन झगडा गरि आवेशमा
कुरा केगर्नुप्रेम कहानी मनुष्यको
गुरुपत्नी न छाड्नेस्वयम्ईन्द्र भो
हरि पौडेल
नेदरल्याण्डस