खोटाङ, साउन ३ ,
सुर्य तामाङ : बैदेसिक रोजगारीका सिलसिलामा ठगीमा परेका खोटाङका ९ युवाले क्षतीपूर्ती पाएका छन् । एक वर्षको अवधिमा मेनपावर कम्पनी र एजेण्टको ठगीमा परी बिभिन्न देशमा पुगेर स्वदेश फिर्ता भएका ९ युवाले क्षतीपूर्ती पाएको सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्र खोटाङले जनाएको छ ।
सुचना केन्द्रका अनुशार बैदेसिक रोजगारीका सिलसिलामा ठगीमा परी मलेसिया पुगेका बुईपा–६ का सागर राई, नेर्पा–४ का तोयानाथ बास्तोला, दिक्तेल–३ का राजकुमार पाण्डे, टेम्मा–९ का प्रदीप खत्री, डाँडागाउँका अस्विन सिँग्देलले क्षतीपूर्ती पाउनु भएको हो ।
यस्तै, कतार पुगेर फिर्ता भएका नुनथला–९ का हर्क तामाङ, बाक्सिला–५ का नवराज तामाङ, नुनथला– ९ का ताराकुमार तामाङ, बाक्सिला–५ का मित्रकुमार तामाङले क्षतीपूर्ती लिनु भएको सुचना केन्द्रका निमित्त कार्यक्रम संयोजक लोकमणी रिजालले बताउनु भयो । सूचना केन्द्रको पहलमा अलपत्र अवस्थाबाट उद्धार गरेर स्वदे श फर्काइएका उनीहरुले निशुल्क कानूनी सहायता प्रदान गर्दै आएको पिपुल्स फोरमको कानूनी परामर्श र सहयोगमा मेनपावर कम्पनी तथा एजे न्टबाट क्षतीपूर्ती लिएका हुन् ।
खोटाङका ९ जना बाहेक मलेसिया पुगे र फर्किएका झुम्काका राजन खत्री र कतारबाट फर्किएका गोरखा मनो कामना–१ का सन्तोष परियारले पनि क्षतीपूर्ती लिनु भएको छ । ठगीएका युवाले कुल ५ लाख ६७ हजार क्षतीपूर्ती पाएका छन् । ठगीका २३ वटा मुद्धा दर्ता भएकोमा परियोजनाले ११ वटा मुद्धाका पिडितलाई क्षतीपूर्ती दिलाएको जनाएको छ । ठगीमा परी खाडी मुलुक पुगेर अलपत्र परेको अवस्थामा उनीहरुलाई सुचना केन्द्रको पहलमा स्वदेश फर्काईको थियो ।