गोपाल सिवा : भारतले आफ्नो क्षेत्र सुरक्षित पार्न महाकाली नदी छेउ किनारामा पक्की तटबन्ध निर्माण गरेपछि महाकाली नदीको धार सोझिएकोले बाढीको बहाव दार्चुला सदरमुकामतर्फ ठोकिदा दार्चुला सदरमुकाम खलंगामा बाढीले ५० बढी घर बगाएको छ , २०० परिवार विस्थापित, सयौँ जोखिममा र आसपास अस्तब्यस्त बनाएको छ ।
अझ भारतले आफ्नो सिमानाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युतको बाधँस्थलमा पानी भरिएकाले बाँध फुट्ने खतरा बढेको भन्दै बाँध खोल्ने भारतीय पक्षले जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिएको छ रे । बाढी आएर बस्ती बगाइरहेका बेला पानी खोल्दा नेपाल तर्फ झनै जनधनको क्षति पुग्ने पक्का छ । हेर्नुस हाम्रा नेपालीमाथि परेको प्राकृतिक बिपतको भिडियो....