म र तिमी
मेरा आँशुका थोपाहरु
तप्प तप्प तप्प तप्प
झर्दा कहिले हिक्क हिक्क बनाउछ
भने कैले चुपचाप बगेर तलाउ बनिदिन्छ
अनी म
त्यही तलाउको ढिकमा बसेर मेरो
अतितलाई नियाल्न पुग्छु
सुन्यता छाएको मौन मस्तिक्त्वो न
अतित देख्छ न बर्तमान र न भबिश्यनै
देख्छ त मात्रा त्यही हिस्सी परेको सुन्दर अनुहार
जस्लाई मैले हिर्दय भित्र बसाल्न पुगेछु
फर्केर फेरी आसु को तलाउमा हेर्दा
एउटा धमिलो प्रतिबिम्ब निन्याउरो
मुहार मन भरी अनेक तर्क बितर्क
खेलाउदै गरेको द्रिस्यमा एक बाणी निस्किन्छ
मेरी प्रिया
म तिमीलाई धेरै माया गर्छु।
बाँकी जीवन तिमीसङै बिताउन चाहन्छु
तिमी छौ र त म छु नि नत्र जिउनुको के अर्थ छ र ?
तिमी बाहेक को छ र मेरो?मलाई कहिलै एक्लो छोडेर
कतै नजाउ है बिन्ती ?म तिमी बिना मर्छु ।।।
उफ्फ्फ
म लामो सास लिदै झन भावुक हुन्छु
जस्ले यतिधेरै माया गर्छ त्यो भन्दा बढी माया म उस्लाई गर्छु
तर
न उस्लाई आफ्नो भन्ने हकछ
नत पराइ मान्न सक्छु
यो कस्तो बिडम्बना?
मुटुको धुक्धुकीमा बसालेर पनि
कोसौ टाढा लाग्ने यो कस्तो सम्बन्ध?यो के नाता?
टाढा भएनी नजिक
नजिक भएर पनि टाढा
आकाश र धर्ती जस्तो सम्बन्ध
तिम्रो र मेरो
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल