तेल अभिव जेठ २० ,
====>> Video By, Tej Shrestha .......
बैदेशिक रोजगारीको सिलशिलामामा इजरायलमा रहेका नेपालीहरूले इजरायलमा ऐतिहासिक रुपमा पहिलो पटक नेपाली दुताबास इजरायल र इजरायलमा रहेका ११ विभिन्न संघ-संस्थाहरुको संयुक्त आयोजनामा र्शान्तिका अग्रदुत अहिंसाका प्रतिक भगवान गौतम बुद्धको २५५७ औं बुद्ध जयन्ती तथा सगरमाथाको चुचुरोमा पहिलो पटक मानव पाइला परेको ६० वर्ष पुगेको उपलक्ष्यमा आयोजना गरिएको सगरमाथा हिरक महोत्सव भव्य रुपमा मनाइएको छ।
सो कार्यक्रममा नेपाली दुताबास इजरायलले मुख्य आयोजकको अनि गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल, नेपाल आदिवासी जनजाती महासंघ इजरायल, लुम्विनी कपिलवस्तु दिवश अभियान इजरायल शाखा, तमु समाज, इजरायल, शेर्पा संघ इजरायल, नेपाल तामाङ समाज, इजरायल, नेवा खल इजरायल,नेपाली नारी आवाज इजरायल,अन्तराष्ट्रिय कलाकार मञ्च इजरायल, तामाङ घेदुङ इजरायल, किरात योयाख्खा सोसाइटी इन इजरायलले सह आयोजकको भूमिका निर्वाह गरेका थिए ।
====>> Video By, Tej Shrestha .......