काठमाण्डौ असर ६,
नारीदर्पण अविरल बर्षा पछि कर्णाली नदीमा आएको वाढीका कैलालीको पूर्वी क्षेत्रका हजारौ घर हरु डुवानमा परेका छन् । वाढीले टिकापुर नगरपालिका वडा न: २ , ३ र ७ का झन्डै तीनसय गाह्र डुवानमा परेका छन । त्यस्तै धन्सिंगपुर् गाबिसको वडा न: १ मा वाढीका करिव सत्तरी गाह्र परिवार अलपत्र परेका छन् ।
कैलालीकै नारयानिपुर गाबिसको बैदी, सत्ती, छटा, सिम्रानी लगायतका घर हरु जलमग्न बह्येका छन् । गह्र्मा पानी पसेपछि सो क्षेत्र का वासिन्दाहरु अग्ला सडक र बिधालयमा बिस्थापित भएका छन् । उक्त वाढीले हजारौं बिगाहामा लगाइएको धानवाली समत नष्ट भएको छ ।
वाधिकै कारण कैलालीको चिसापानीमा निर्मित राष्ट्रिय गौरवको रानी, जमरा कुलरियका आयोजना समेत प्रभावित बनेको र निर्माण सामग्री समेत बगाएको छ । यसै गरि टिकापुर नगर पालिका वडा न: २ र ३ साहिपुर्का एक सय सात जना नेपालीलाई नेपालि सेनाको हेलिकप्टरले उद्धार गरि टीकापुरमा राखेको छ । बर्षा रोकिएपछि पानीको सतह क्रमस घट्दै गएको स्रोतले जनाएको छ ।