भर्जिनिया अमेरिका अषाड ३,
विजय थापा : वाशिंगटन डि० सी०, जुन १५ ,जर्मनीका लागी पुर्व नेपाली राजदुत प्राध्यापक डा० नोबल किशोर राई
संग एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरियो । वाशिंगटन डि० सी० महानगर क्षेत्रमा बस्ने नेपाली समुदायद्वारा स्थापना गरिएको नेपाल खेलकुद
तथा संस्कृति अन्तर्राष्टियको (Nepal sports and cultural international )आयोजनामा गरिएको
उक्त कार्यक्रममा अमेरिका भ्रमणमा रहनु भएका डा० राई संग एक अन्तरक्रिया-कार्यक्रम राखिएको
थियो।
अमेरिकाको लागी महामहिम नेपाली राजदुत डा० शंकर प्रसाद शर्मा प्रमुख अतिथी रहनुभएको
उक्त कार्यक्रममा वक्ताहरुमा क्रमस डा० श्याम कार्की (एन० आर० एन० का संस्थापक उपाधक्ष्य
तथा पुर्ब: ए० एन० ए० अध्यक्ष) ,डा० चित्रकृष्ण तिवारी ,डा० शुकदेव शाह,डा० ठाकुर पुडासैनी
(अध्यक्ष, अमेरिका नेपाल सोशाईटी, वाशिंगटन डी० सी०)तथा डा० बिबेक पाण्डे हुनु हुन्थ्यो । मन्तब्य कै क्रममा डा नोवल किसोर राईले नेताहरुको भाषण सुन्दा सुन्दा कान चिरिएको भन्ने प्रसंग
उल्लेख गर्दै आफुलाई पनि फेरी भाषण गराउन बोलाएको चर्चा गर्दै पढाउने पेसामा संलग्न भएकोले
जति पनि भाषण दिन सक्ने कुराको प्रसंग ल्याउँदै भाषणले देश विकास नहुने भन्नु भयो ।
सबैले सबैको
संस्कृतिलाई तथा एक जातिले अर्का जातिलाई सम्मान गर्न सक्नु पर्छ भन्दै आयोजकलाई धन्यबाद दिनु
भएको थियो । वक्ता डा सुकदेव शाहले नेपाल संस्कृतिमा धनि तर विकासमा गरिब भन्ने कुराको चर्चा
गर्नु भएको थियो । अर्का वक्ता डा श्याम कार्कीले हरेक मुलुकको लागि भाषा महत्व हुन्छ भन्दै डा राइ
भाषाका ज्ञाता भएकोले अतिथिसंग केहि जान्ने चाहेको कुरा उल्लेख गर्नु भएको थियो । अमेरिका नेपाल समाजका अधक्ष्य डा ठाकुर पुडासैनीले भाषा सम्बन्धमा नोवल किसोर राईबाट केहि
सुन्न पाइने छ भन्दै खुशी व्यक्त गर्दै आयोजकलाई धन्यबाद दिनु भएको थियो भने अर्का वक्ता डा बिबेक
पाण्डेले संस्थागत विकास बारे कुराको चर्चा र परिचर्चा गर्नु भएको थियो ।
यसै गरि अर्का वक्ता डा
चित्र कृष्ण तिवारीले पनि नेपालको बारेमा उल्लेख गर्दै नोवेल किसोरबाट कुरा जान्न पाईने भएकोमा
हर्ष ब्यक्त गर्नु भएको थियो lप्रमुख अतिथि महामहिम राजदूत डा शंकर प्रसाद शर्माले आयोजकलाई
धन्यबाद दिदै हरेक मुलुक र सबै देशमा चुनौती छ भन्ने बिचार व्यक्त गर्दै नोवेल किसोर राईलाई डिसीमा
भेट्न पाउदा खुशी लागेको व्यक्त गर्नु भयो । अमेरिकाको सबैभन्दा जेठो संस्था "अमेरिका नेपाल सोसाईटी वाशिंगटन डि० सी० का पुर्बअध्यक्ष खेम
भट्टचनले बक्ताहरूको परिचय गराउनु भएको थियो र कार्यक्रम आयोजकहरूको तर्फबाट केमिका भण्डारी
तथा मिलन राईले ले प्रा० डा० नोबल राई तथा महामहिम राजदूतलाई पुष्प गुच्छाले स्वागत गरेका थिए ।
साहित्यकार सीता पाण्डेले स्वागत-भाषण गर्नुभएको थियो । वाशिंगटन डि० सी० महानगर क्षेत्रको
म्यारिल्याण्ड स्थित नेपालीहरुको साझा चमेना गृह घर-ए-कबाबमा कार्यक्रमको आयोजना गरिएको थियो
यस क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने संचारकर्मीहरुमा
ईनेपालिज़ डटकम ,सगरमाथा टिभी युएस ए ,अमेरिका नेपाल टेलिभिजन तथा डिसी नेपाल डटकमको
उपस्थिति रहेको थियो ।
अमेरिका नेपाल टेलिभिजनका संचारकर्मी श्री बिनय अर्यालले कार्यक्रम संचालन गर्नुभएको उक्त
कार्यक्रम गैर आवाशीय नेपाली संघ ,राष्ट्रिय समन्वयब समितिका पूर्व उपाधक्ष्य मिलन राईको
अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अन्तरक्रिया-कार्यक्रमका संयोजक खेम भट्टचनले
धन्यवाद-ज्ञापन दिनु भएको थियो । अन्त्यमा कार्यक्रमको सभापति गर्नु हने मिलन राईले अतिथिलाई
हामी सबैद्वारा कार्यक्रममा ल्याउन सकेको हो भन्दै उपस्थित सबैलाई धन्यबाद दिनु भएको थियो । अन्त्यमा कार्यक्रम रात्रीभोजमा परिणत भएको थियो ।