कैलाली जेठ २०,
कैलालीमा बोक्सीको आरोपमा निर्वस्त्र बनाइ दिसा खुवाएको समाचार सेलाउन नपाउँदै फेरी अर्को घटना दोहोरिएको छ । यो घटना महिलामाथि नभएर एकजना वृद्धामाथि घटेको हो ।
कैलालीमा बोक्सीको आरोपमा कुटिएका एक महिला ।
धनगढीको भिमदत्त नगरपालिका २ उल्टाखामका ८० वर्षिय वृद्धलाई बोक्सोको आरोपमा स्थानीयले निर्धात कुटपिट गरेका छन् । आइतवार राती घरबाहिर सुतिरहेका वृद्धालाई स्थानीय सुरेश चौधरी र पल्टु चौधरीले कुटपिट गरेका थिए । कुटपिटपछि वुद्धको आँखा र खुट्टामा गम्भिर चोट लागेको कञ्चनपुर प्रहरीले बताएको छ । अहिले उनको महाकाली अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
२ महिना अघि कैलालीमा एक वृद्धामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गरेका दोषिलाई अझै कारवाही गर्न सकेको छै्रन । घटनाताका गृहमन्त्रीले सिधै कैलालीका प्रमुख जिल्ला अधिकारीलाई सिधै फोन गरी कुट्नेलाई मात्रै होइन मुखदर्शक बनेका गाउँलेलाई समेत कारवाही गर्नु भनेर आदेश दिएका थिए । त्यो आदेश आदेशमा मात्र सिमित भयो, कार्यान्वयन हुन सकेको छैन । यसरी सरकारले दोषिलाई कारवाही गर्न नसक्दा यस्ता घटनाहरु दोहोरिरहने छन् । तस्विर दीपक ओली: (खबरपाटी)