पुर्व सभासद मियाको हत्यामा श्रीमती र छोरी हात I

 काठमाण्डौ जेठ २५

नारीदर्पण : पुर्व सभासद सदरुल मियाहको हत्यामा उनको आफ्नै श्रीमती र छोरीको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले सदरुल्की पत्नी नुरजाह, माहिली छोरी रुबेदाह र सिराहाका अब्दुलरुफ़ लाइ पक्राउ गरेपछि यो रहस्य खुलेको हो । 

यी तीनै जनालाई प्रहरीले हिजो सप्तरीमा पतरकार सम्मेलनमा सार्वजनिक गर्दै मियाको हत्यामा उनकै परिवारको संलग्नता रहेको जनाएको हो । केन्द्रिय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक दिनेश आचार्यले श्रीमती नुरजाह बीच आर्थिक बिषयलाई लिएर घरायसी बिबाद रहेको जानकारी दिनु भएको थियो । पारिवारिक विवाद बढ्दै गएपछि पत्नी जमिरुल नुरजाह र छोरी रुबेदाले पांच हजार दिएर सदरुलको हत्या योजना बनाएको पत्रकार सम्मेलनमा जानकारी दिए । 

पत्रकार सम्मेलनमा सदरुलको हत्या गर्नका लागि एनुल भन्ने व्यक्तिले असि हजार र जमिरुल भन्ने व्यक्तिले चालिस हजार लिएको पनि प्रहरीले दिएको छ । तर, जमिरुल र एनुल सेफ्खाल हाल फरार रहेका प्रहरीले जनाएको छ । गत जेष्ठ ६ गत्ते राति कल्याणपुर २ स्थित हुमा पेट्रोल पम्पमा पुर्व सभासद सदरुलको हत्या गरिएको थियो । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com