वीरेन्द्रनगरमा सार्वजनिक सुनुवाई I

चितवन ७ असार,

पूर्वी चितवनको वीरेन्द्रनगर गाविसमा आज स्थानीय निकायलाई प्राप्त अनुदान रकम खर्चको पुनरावलोकन तथा समुदायको संलग्नता सवे र् क्षण सम्वन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय साशन तथा उत्तरदायी संयन्त्र हेटौडाको सहयोगमा महिला सघन विकास केन्द्र खैरहनीले आयोजना गरेको सो कार्यक्रममा गाविसले विकास निर्माण र समुदायको विकासमा गरेका कामहरुको विषयमा सवाल जवाफ गरिएको थियो । 

कार्यक्रममा सहभागि सरोकारवालाहरुले गाविसले ग्र मीण क्षेत्रमा सडक विस्तार र मर्मत तथा खानेपानी विस्तारलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागिहरुले गाविसले बजेट विनियो जन गर्दा ग्रमीणस्रका मुद्दाहरुलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । 

कार्यक्रममा आदिवासी जनजाती महासंघका प्रतिनिधि हिमाल र ाई,महिला स्वयम सेवीका अम्विका थपलिया,सचेतना कृषि महिला समुहकी कल्पना तामाङ,शिक्षक लक्ष्मी कान्त सापकोटा,अमृत खानेपानी उपभो क्त संस्थाका अध्यक्ष गंगा सिंह घले,वागरिक वडा मञ्चकी यमकला तिमिल्सिना,नवज्याति आमा समुहकी सचिव श्रीमाया मल्ल,इन्द्रको मल सामुदायिक संस्थाकी सदस्य पवित्रा पाठक लगायतले गाविस भित्रका विद्यामान समस्याका वारेमा गाविस सचिवलाई प्रश्न गरेका थिए । 

गाउँवासीको समस्या सुनिसकेपछि गाविस सचिव र ामप्रसाद भूषालले नेपाल सरकारले गाविसलाई दिने अनुदान रकम कटौती गरेकाले काम गर्न कठिनाई भएको बताउनु भयो । उहाँले ग्र मीण क्षेत्रको विकासको लागि गर्नु पर्ने असिमित कामहरु रहेको र बजेट सिमित भएकाले बजेटको सन्तुलन मिलाएर काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । 

कार्यक्रममा एकीकृत नेकपा माओवादीका रामशरण घिमिरे, नेपाली कांग्र ेसका प्रतिनिधि रामकुमार सुवेदी,नेकपा एमालेका क्षेत्रीय अध्यक्ष भिम पुन,केन्द्रकी सचिव शान्ति चौधरी, श्रोत व्यक्ति सुमिता डल्लाकोटी लगायतले वोल्नु भएका थियो । महिला सघन विकास केन्द्रकी अध्यक्ष सुनिता थपलियाको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रम संयोजक चन्द्रा चापागाईले कार्यक्रमको उद्देश्यका वारेमा जानकारी गर ाउनु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com