बाढी पीडितलाई हेल्प नेपालको सहयोग I

काठमाण्डौ असार १४,

रबिन्द्र मिश्र : मध्य र सुदूर पश्चीममा बिनाशकारी बाढीले जुन क्षति पुर्यायो, त्यसमा राज्यले नै गर्नुपर्ने धेरै ठूलो राहत प्रयासको आवश्यक्ता पर्दथ्यो। तर त्यसो भन्दैमा नागरिक जिम्मेवारी घट्दैन। 

त्यसैले हेल्प नेपाल नेटवर्कले रु ८ लाख बराबरको राहत सामाग्री किनेर, एउटा ठूलो ट्रकमा राखेर आज दार्चुला र कन्चनपुरतर्फ पठायो। त्यसमा तपाई धेरै नेपालीहरुको राष्ट्रियताको भावना, सदभाव र सहयोग मिसिएको छ। 

यो ठूलो र सबैलाई समेट्ने सहयोग नहोला तर ती संकटमा परेका नेपालीहरुप्रति नेपाली हुनाको नाताले ब्यक्त गरिएको एक्यबद्धता मात्र हो। यस्तै एक्यबद्धता अरु धेरै संघसंस्था र नेपालीहरुले देखाईरहेका छन्। हाम्रो यो प्रयासमा चाहिं स्थानीयरुपमा ग्रामीण विकास केन्द्र नेपालले साथ दिंदैछ। सबै सहयोगी हातहरुप्रति हामी नमन गर्दछौं । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com