घाउमा मल्हम लाउने कसले ?
मोटा मोटा बिल लेख्छ जसले
उपचारको नाउँमा व्यापार मुखी भो
धोक्रो भर्ने अर्कै दुःख गर्ने नर्सले
जे घोचे पनि जहाँ घोचेपनि हुन्छ
नरम – गरम जवानी वैंशले
क्याप्सुल – टयाबलेट डङ्गुर छँदैछ
ढुक्कै छ सलाईन पानी रसले
धमाधम बिल बनाउन पाउँदा
हाँस्दै छन् खुसीले ओखती पसले ।
मानन्धर अभागी