सुनको गजुरले छानाहरु हेपेको देश |
पाथी र मुरिले मानाहरु हेपेको देश ||
कुकुर समेत भित्र पस्दा मान्छे हुँदैन |
ठुलो जातिले सानाहरु हेपेको देश ||
राज्यको सम्पती लुटेर जनता चुस्नेले |
हिरा र मोतिका दानाहरु हेपेको देश ||
खिर पुलाउ र जाउलोमा पल्केका धनीहरु |
खोले र ढेडो गरीबको खानाहरु हेपेको देश ||
जस्को पैशा छ त्यस्को कलमी शृजनाले |
बेदनामा कोरिएको पानाहरु हेपेको देश ||
सुनको गजुरले छानाहरु हेपेको देश |
पाथी र मुरिले मानाहरु हेपेको देश ||
सावारा योङ्हाङ
पाँचथर नागि५