गजल : By, तारा प्रसाद अधिकारी I



जानुछ सबै छोडी दुनिया कलंक नराखौ
चाहिन्छ एक भित्ता अन्त्यमा ब्रमाण्ड ननापौ

सकिन्छ हित गरौ सकिदैन दाउरा बालेर
जाडोमाआगो तापौ सिरक बालेर नतापौ

क्षणिक मिल्छ सुख कुकर्म गरेर आखिर
पर्दछ बोल्न सय झुट लुकाई सत्यता नढाकौ

प्रेमिल रस एक यौवन लिलामी धनमा
बेचेर गल्लि गल्लि शहर बजार नचाखौ

तारा प्रसाद अधिकारी
 दानाबारी, [गरुवा] ईलाम 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com