गज़ल : By, साबित्रा लुइँटेल घिमिरे I



आगो बनि दिन्छु पानी बनि दिन्छु
म तिम्रो आँखाको नानि बनि दिन्छु |

लुकामारी खेल्छु तिम्रो सपनीमा
तिम्लाई मन पर्ने सानी बनि दिन्छु |

सताउँदिन अब गर तिम्रो खुशी
हिजो भन्दा धेरै ज्ञानी बनि दिन्छु |

हाँस्छु तिमि संगै रुन्छु तिमि संगै
तिम्रो त्यो दिलको रानी बनि दिन्छु |

सजाएर राख मुटु भित्र मलाइ
कसम मायाको खानि बनि दिन्छु |

साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com