गज़ल :By, साबित्रा लुइँटेल घिमिरे I



टुक्रा टुक्रा भयो छाती टुक्रिएको भाँडा जस्तै
सब्दले नै घोच्छ मुटु फूल टिप्दा काँडा जस्तै ||

गाडी रोक्दा जिन्दगिको प्रतिक्षामा थेन कोही
महसुस् भो जिन्दगि नै सुकेको त्यो डाँडा जस्तै ||

न त अघी बड्छ न त पछी सर्छ मेरो देश
ल्याप्प भासियो कठै पाँग्रा खुस्किएको गाडा जस्तै||

सुनाउ म कस्लाई यो दु:ख पीडा जिन्दगीको
साथैमा छौ तर पनि लाग्छ कयौ टाढा जस्तै ||

उन्को यस्तो पो सन्तान जन्मिएछ यो युगमा
कसरी पो जन्मियो त्यो बाछा जस्तै पाडा जस्तै ||

साबित्रा लुइँटेल घिमिरे

झापा बिर्तामोड 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com